५ चैत्र २०८२, बिहिबार । March 20, 2026

रुपान्तरण अभियानले पार्टीमा नयाँ जागरण पैदा गरेको छः नेता पौडेल


१६ पुस २०८०, सोमबार  

3
Shares

कास्की । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीपङ्क्तिमा नयाँ जागरण पैदा गरेको बताएका छन् ।

पार्टीको पोखरा महानगर कमिटीले अभियानको समापनका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले चाडपर्व, भूकम्पलगायत कारणले अभियानलाई केही प्रतिकूल प्रभाव पारे पनि अभियानले पार्टीलाई जनतासँग जोड्ने काममा सफलता प्राप्त गरेको उल्लेख गरे ।

नेता पौडेलले कार्यसम्पादनका आधारमा नेता तथा कार्यकर्ताको मूल्याङ्कन हुने र जिम्मेवारी प्रदान गर्ने प्रणालीको विकास गरिने बताए । “फिल्डमा नजाने तर अध्यक्ष कहाँ गएर अनुहार देखाएर वा अरू कुनै प्रकारले प्रभाव पारेर जिम्मेवारी प्राप्त गर्ने कुरा अब पार्टीमा अन्त्य भएको छ,” सचिव पौडेलले भने, “नेताहरुको मूल्याङ्कन अब फिल्डमा कति काम ग¥यो, कति समय दियो भन्ने आधारमा हुनेछ ।”

नेता पौडेलले चार महिनाको अभियानका क्रममा जनताबाट प्राप्त सुझावका आधारमा अब पार्टीलाई सञ्चालन गरिने स्पष्ट पारे । पार्टीको छिट्टै हुने विधान अधिवेशनले पार्टी कमिटी र सङ्गठनलाई स्वचालित प्रणालीमा सञ्चालन गर्ने विधि बनाउने उनको भनाइ थियो ।

नेता पौडेलले अझै पनि श्रमिक, उत्पीडित वर्ग, समुदायको विश्वास माओवादीप्रति नै रहेको जिकिर गर्दै सुकुम्बासी समस्या, मजदुरका समस्यालाई पार्टीको नेतृत्वमा रहेको सरकारले पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा