४ चैत्र २०८१, मंगलबार । March 19, 2025

एनआरएनएको ११ औं विश्व सम्मेलन आजबाट सुरु



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन आजदेखि सुरु हुँदैछ ।

काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् । वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन् ।

केसी, श्रेष्ठ र शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूलाई क्रमशः एमाले, कांग्रेस र माओवादीको समर्थन रहेको छ । सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता रहने एनआरएनएले जनाएको छ ।

विश्वभरबाट संघमा सूचीकृत सदस्यको संख्या ९६ हजार ८ सय ५० छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु