१ पुस २०८२, मंगलबार । December 17, 2025

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका लागि मंगलबार राष्ट्रिय शोक



काठमाडौं । युद्धग्रस्त इजरायलमा बम आक्रमणमा परी मृत्यु भएका नेपालीका लागि सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् । साथै मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र नेपाल आउन चाहने नेपालीलाई यथाशीघ्र स्वदेश फिर्ता गर्ने निर्णय पनि बैठकले गरेको छ । शनिबार प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको को मृत्यु भएको थियो ।

तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । अधिकारीहरूका अनुसार सोमबार बिहान हमासको आकस्मिक हमलामा परि मृत्यु हुने इजरायलीको संख्या ७ सय रहेको छ ।

तर यो संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । मारिएकाहरू मध्ये २ सय ५० भन्दा बढी त गाजा सीमानजिकै एक कन्सर्टमा भाग लिन पुगेकाहरु थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले