१९ माघ २०८१, शनिबार । February 1, 2025

दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ



चरिकोट । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद भएको छ ।

दोलखाका गरिव भुजेल परिवारलाई सुन माफिया र तस्करहरुले आर्थिक प्रलोभनमा पारेर उनीहरुका नाममा कम्पनी दर्ता गरेर सुन तस्करी गरिरहेको तथ्य पर्दाफास भईरहेका बेला दोलखाको सिँगटीबाट ४ किलो सुन बरामद भएको हो । प्रहरीले यो सुन हिजो राती (बुधबार राती) बरामद गरेको हो । सुन करिव ४ किलो जति रहेको प्रहरीले जनाएको छ ।

सुनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो । लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ ।

‘करिब चार केजी सुनसहित तीनजना पक्राउ परेका छन्, अहिले मुचुल्का उठाइएको छ,’ डिएसपी खड्काले भने, ‘बिहीबार सार्वजनिक गर्छौँ ।’ एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस

त्रिदेशीय महिला टी २० सिरिजः नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० महिला

रास्वपा सांसदहरुले १५ मिनेटका लागि बहिष्कार गरे संसद् बैठक

काठमाडौं । सभामुखले आकस्मिक समयमा बोल्न नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका