५ चैत्र २०८२, बिहिबार । March 20, 2026

अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति


११ आश्विन २०८०, बिहिबार  

3
Shares

काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच चार बुँदे सहमति भएको छ ।

बुधबार साँझ अभियन्ता ईः र महानगरका प्रतिनिधिबीच कानुनले निषेध गरेका ठाउँ बाहेकमा व्यापार गर्न दिने शर्तसहित चार बुँदे सहमति भएको हो । सहमतिपछि अभियन्ता ईः को आन्दोलन स्थगित हुने भएको छ । मंगलबार (हिजो) ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण र महानगरका तर्फबाट नविन मानन्धरको नेतृत्वमा ५-५ सदस्यीय वार्ता टोलीले चार बुँदे सहमतिमा छलफल गरेका थिए ।

तर, सहमतिको खाकामा काठमाडौंका मेयर बालेन शाहले संशोधन गरेर तोकिएका स्थानका नाम हटाएका थिए । चार बुँदे सहमतिमा मेयर बालेनले संशोधन गरेपपछि वार्ता बिथोलिएको थियो । बुधबार (आज) फेरि चौथो बुँदामा केन्द्रित रहेर महानगर र अभियन्ता ईः पक्षबीच छलफल भएको थियो ।

चौथो बुँदाको तेस्रो शंशोधनमा पनि स्थान तोकिएको छैन । आज भएको सहमतिको खाकामा लेखिएको छ, ‘साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।’

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा