४ चैत्र २०८१, मंगलबार । March 18, 2025

अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति



काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच चार बुँदे सहमति भएको छ ।

बुधबार साँझ अभियन्ता ईः र महानगरका प्रतिनिधिबीच कानुनले निषेध गरेका ठाउँ बाहेकमा व्यापार गर्न दिने शर्तसहित चार बुँदे सहमति भएको हो । सहमतिपछि अभियन्ता ईः को आन्दोलन स्थगित हुने भएको छ । मंगलबार (हिजो) ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण र महानगरका तर्फबाट नविन मानन्धरको नेतृत्वमा ५-५ सदस्यीय वार्ता टोलीले चार बुँदे सहमतिमा छलफल गरेका थिए ।

तर, सहमतिको खाकामा काठमाडौंका मेयर बालेन शाहले संशोधन गरेर तोकिएका स्थानका नाम हटाएका थिए । चार बुँदे सहमतिमा मेयर बालेनले संशोधन गरेपपछि वार्ता बिथोलिएको थियो । बुधबार (आज) फेरि चौथो बुँदामा केन्द्रित रहेर महानगर र अभियन्ता ईः पक्षबीच छलफल भएको थियो ।

चौथो बुँदाको तेस्रो शंशोधनमा पनि स्थान तोकिएको छैन । आज भएको सहमतिको खाकामा लेखिएको छ, ‘साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।’

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्डको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आरआर क्याम्पसमा पनि रोकियो स्ववियू निर्वाचन

काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा पनि स्ववियु