२४ माघ २०८२, शुक्रबार । February 6, 2026

शीर्ष नेताको बैठक फेरि निष्कर्षविहीन, संसद् बैठक सर्‍यो



काठमाडौं । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक फेरि निष्कर्षविहीन भएको छ ।

दिउँसो चार बजे सभामुखको कार्यकक्ष संसद् भवन बानेश्वरमा बसेको बैठक निष्कर्षविहीन सकिएको हो । बैठक मंगलबार बिहान १० बजे बस्ने गरी सकिएको छ । यसअघि आजै दिउसो १२ बजे सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः बैठक बसेको थियो ।

यता, प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसद्को अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।

संघीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ । नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै १० साउनदेखि लगातार संसद् अवरोध गर्दै आएको छ । एमालेले सरकारी अनुसन्धानमा आफूहरूलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल