२७ फाल्गुन २०८१, मंगलबार । March 12, 2025

सार्कको सदस्य राष्ट्रबीच सहकार्य महत्वपूर्णः उपराष्ट्रपति



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्वपूर्ण रहेको बताएका छन् ।

बिहीबार लैनचौरस्थित उपराष्ट्रपति भवनमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हासमीसँगको भेटमा उनले शान्ति, समुन्नति र सदस्य राष्ट्रका आमनागरिकको बृहत् हितका लागि सार्क अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् । ‘सार्कमा देखिएको गतिरोधको अन्त्य गर्न अध्यक्षको हैसियतमा नेपालले पहल गरिरहेको छ । यसका लागि सार्कका सबै सदस्य राष्ट्रबीचको सहकार्य महत्वपूर्ण छ,’ उनले भने ।

दुई देशको परराष्ट्र मन्त्रालयबीच स्थापित द्विपक्षीय परामर्श संयन्त्र र अर्थ मन्त्रालयबीच स्थापित संयुक्त आर्थिक सहयोगमार्फत निरन्तर संवाद र सहकार्य गर्न आवश्यक रहेको उनको भनाई थियो । ‘हामीले वाणिज्य र आर्थिक क्षेत्रमा थप सहकार्य गर्नु पर्दछ’, उनले भने, ‘हामी व्यापार, लगानी, पर्यटन, संस्कृति एवं जनस्तरबीच सम्बन्ध विस्तारमा सहकार्य गर्न सक्छौँ ।’

उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानका लगानीकर्तालाई जलविद्युत्, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै आएको उल्लेख गरे । उनले जलवायु परिवर्तन र विश्वव्यापी तामक्रम वृद्धिले हिन्दकुश हिमालय क्षेत्रमा प्रतिकूल प्रभाव परेकामा चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनका कारण सिर्जित प्रतिकूल असर न्यूनीकरण गर्न एकजुट भएर काम गर्नुपर्ने उपराष्ट्रपति यादवले आवश्यकता औँल्याए ।

भेटमा उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीचको सहकार्यात्मक साझेदारीलाई दुरुस्त बनाउन राजदूतको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे । उनले नेपालमा रहेका प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदा धेरै पाकिस्तानी पर्यटकलाई आकर्षित गर्ने खालका भएकाले त्यसको प्रचार–प्रसारमा पाकिस्तान सरकारले सहयोग गर्न सक्ने बताएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो क्रममा पाकिस्तानी राजदूत हासमीले नेपाल र पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः सञ्चालन हुनसके पर्वतारोही एक–अर्को देशमा सहजरूपमा आउजाउ हुँदा पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । उनले पाकिस्तान सरकारले पाकिस्तान प्राविधिक सहयोग कार्यक्रम (पिटिएपी) अन्तर्गत उपलब्ध गराइरहेको छात्रवृत्तिमा अन्य विषय थप गरेर सङ्ख्या बढाउने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ