३० मंसिर २०८२, सोमबार । December 16, 2025

कांग्रेस बैठकमा नेताहरूको धारणा राख्नेक्रम जारी, भोलि ११ बजे पुनः बस्ने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबारदेखि सुरू भएको बैठकमा आज केन्द्रीय सदस्यहरू जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु बास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ र सीताकुमारी रानाले आआफ्ना धारणा व्यक्त राखेका थिए ।

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरू सुशीला ढकाल (आचार्य), गणेश लामा, रूपा विक, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गङ्गा शाही र सीतादेवी देवकोटा, आमन्त्रित प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेस प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजङ्ग शाही (कर्णाली प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश) ले आफ्ना धारणा व्यक्त गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार प्रारम्भ बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी र अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए ।

यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरेका थिए । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ ।

बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि छलफल भइरहेको छ ।

आजको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेका र धारणा राख्नेक्रम जारी रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस बैठक भोलि साउन ४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्नेछ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले