३ पुस २०८२, बिहिबार । December 18, 2025

कोशी प्रदेश सरकार असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट



काठमाडौं । कोशी प्रदेशमा बनेको मुख्यमन्त्री उद्धव थापा नेतृत्वको नयाँ सरकारका विरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सर्वोच्च अदालत गएको छ ।

एमालेले नयाँ सरकार विस्तार असंवैधानिक भएको भन्दै एमालेका तर्बबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की शुक्रबार सर्वोच्च पुगेका थिए । एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमनत्रीसमेतलाई विपक्षी बनाइ शुक्रबार सवोृच्चमा रिट दर्ता गराएका छन् ।

कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्दव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दावी गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीका तर्फबाट वारेस पवनकुमार निरौलाले शुक्रबार रिट दर्ता गराएका हुन् । उक्त रिटको सुनुवाईका लागि आइतबार पेसि तोकिएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले