२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

बझाङ दुर्घटना अपडेटः मन्त्री सिंहको निधन



बझाङ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । प्रनाउ तिवारीका अनुसार मन्त्री सिंहलाई दुर्घटनास्थलाबाट थप उपचारका लागि अपराह्न ४ः१६ मा कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो ।

मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको इलाका इन्चार्ज तिवारीले जानकारी दिए । उनका अनुसार दुवैको अवस्था मध्यम रहेको छ । दुर्घटनामा घाइते भएका मन्त्री पत्नी अमृता र नातामा भाउजू पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रदेश मन्त्री सिंह चढेको सुपप्र १००१ झ ४८ नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले