२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

जिरी पर्यटन प्रवर्द्धन गर्न ‘बुलेट’ ३ दिने यात्रा



काठमाडौँ । दोलखाको जिरीको पर्यटन प्रवर्द्धनका लागि बुलेट र्‍याली सुरु गरिएको छ ।

नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोगमा र्‍यालीको आयोजना गरिएको हो । नेपालको स्विट्जरल्याण्ड भनेर चिनिने जिरीको प्रवर्द्धन गर्न ‘जिरी घुम्न जाऔँ फिरिरि’ भन्ने मूल नाराका साथ ३ दिने बुलेट र्‍यालीको शुक्रबार गरिएको छ ।

काठमाडौँदेखि १८८ किमी दुरीमा रहेको जिरी आजै जिरी पुग्ने र जिरी नगरपालिकाले स्वागत गर्ने नेपाल बुलेट हाउस का सञ्चालक रमेश कार्कीले जानकारी दिनुभयो । शनिबार जिरी सेरोफेरो घुमेर र्‍याली आइतबार मात्र फर्किने छ । जिरी घुम्न जाऔँ फिरिरि अभियानका अभियन्ता तथा पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष लीला खड्का अनुसार यो र्‍यालीले जिरीको पर्यटन उकास्न टेवा पुर्‍याउनेमा विश्वस्त रहेको बताउनुभयो ।

पछिल्ला दिनहरुमा जिरीको नाम अहिले पहिला जस्तो नसुनिने भएकाले कार्यक्रममार्फत सबैलाई जानकारी दिन पनि आयोजना गरिएको हो । २० जना बुलेट राइडरहरु ३ दिने कार्यक्रमलाई सफल पार्न आज बिहान काठमाडौँबाट जिरी तर्फ लागेका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले