२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’



झापा । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ ।

जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेलबारीका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताए ।

बेलबारी–११ लक्ष्मीमार्गका चक्रप्रसाद न्यौपानेका गोठका पाँचवटै गाईबाच्छा लम्पीस्किन रोगबाट सङ्क्रमित छन् । सङ्क्रमितमध्ये एउटा बाच्छो मरिसकेको न्यौपानेले बताए । उनको जस्तै गाउँका धेरै गाईभैँसी सङ्क्रमित भएका छन् । पशु विकास अधिकृत बाबुराम बस्नेतका अनुसार बेलबारीमा मात्रै दुई सयभन्दा धेरै गाईगोरुमा लम्पीस्किन रोगको सङ्क्रमण देखिएको छ र केही भैँसीमा पनि लक्षण देखिएको बताए ।

पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिनु, गिर्खा आउनु, घाउजस्तो भएर पिप बग्नु, उच्च ज्वरो आउनु लम्पीस्किन रोगका लक्षण भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका वरिष्ठ पशुसेवा अधिकृत डा अजय शाहको भनाइ छ ।

मोरङको १७ वटै पालिकामा सङ्क्रमण फैलिएको र जसमध्ये लेटाङका धेरै पशुमा रोगको सङ्क्रमण देखिएको उहाँले बताए । रोगी पशुको उपचार खोप मात्रै भएको भन्दै उनले हाल धेरै पालिकामार्फत खोप उपलब्ध गराउन थालिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको