२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

प्यूठान दुर्घटना अपडेटः ८ जनाको मृत्यु, ७ जनाको सनाखत



प्यूठान । प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा गाडी दुर्घटनामा परि आठजनाको ज्यान गएको छ ।

स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नं. को कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा आज अपराह्न २ः४५ बजे सो कार दुर्घटना भएको थियो । कार स्वर्गद्वारी–भिङ्ग्री सडक खण्डको टाकुरा भन्ने स्थानबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सातजनाको सनाखत भएको र एकजनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा मृत्यु भएकामध्ये दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पोखरेल, निजको १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् ।

यस्तै, दाङ लमही नगरपालिका–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । कारका चालक दाङ लमही नगरपालिका–४ का ४९ वर्षीय ताराबहादुर कुमालको पनि सनाखत भएको र अन्यको एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख खड्काले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले