१२ फाल्गुन २०८१, सोमबार । February 25, 2025

प्यूठान गाडी दुर्घटनाः गम्भिर घाइते भएका ८ जनाकै मृत्यु



प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा कार दुर्घटना हुँदा घाइते भएका ८ जनाकै मृत्यु भएको छ ।

उक्त घटनामा ४ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवार ४ बालबालिकासहित २ पुरुष र २ महिला गरी ८ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याए लगतै ८ जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका

बागलुङमा जीप दुर्घटना, २ जनाको मृत्यु ५ घाइते

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

महाशिवरात्रीको दिन ट्राफिक व्यबस्थापनमा ८ सय ९० जना ट्राफिक प्रहरी खटिने

काठमाडौं । आगामी फागुन १४ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा

सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब ८ करोड बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक