२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कैलालीको गेटामा विज्ञान विश्वविद्यालय स्थापना गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


२९ जेष्ठ २०८०, सोमबार  

9
Shares

कैलाली । कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएको छ ।

गेटामा सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय स्थापना गरिने प्रतिबद्धता प्रधानमन्त्रीले गरेको (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले जानकारी दिए । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा सांसद आलेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशशरण महतसँग आज भेटघाट गरी कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न माग गरेको थियो ।

यस सम्बन्धमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री डा महतसँगको छलफल भएको र सरकारले सो विश्वविद्यालाय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद आलेले जानकारी दिए । सांसद आलेले भने, “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग हाम्रो छलफल भएको छ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउने तयारीसहितको सहमति भएको छ, प्रधानमन्त्रीले आज नै संसद्लाई गर्ने सम्बोधनका क्रममा सो कुराको जानकारी गराउने पनि प्रतिबद्धता गर्नुभएको छ, अब गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ ।”

डोटीबाट निर्वाचित सांसद आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका अविलम्ब खोल्न गरेको आग्रहमा पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले सकारात्मक प्रतिक्रिया दिएको जानकारी दिए ।

सङ्घीय मन्त्रिपरिषद्ले गेटामा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गत माघमै गरेको थियो । वर्तमान सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्यसम्बन्धी विश्वविद्यालय सञ्चालन गरिने भनिएको छ ।

तर सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा सो निर्णयका विरुद्ध आन्दोलन सुरु भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ