६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी विजयी


२८ जेष्ठ २०८०, आइतबार  

6
Shares

काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् ।

यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो । आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरेका थिए ।

अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरेका थिए । यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (एक सय ५००) महिला उपाध्यक्षमा अस्मिता गिरी (एक सय ७१०) उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (एक सय ७४) मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए ।

उनका अनुसार महासचिवमा रामकुमार एलनले एक सय ३९ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी हृदय भुसालले एक सय ३० मत प्राप्त गरेका थिए । उपमहासचिवमा प्रेम गौतम (एक सय ६४), प्रतिज्ञा बुढामगर (एक सय २२) र लेखनाथ सिकारु (एक सय ३९) मत प्राप्त गरी विजयी भएका छन् ।

सचिव खुलामा शिवप्रसाद ढुङ्गाना (एक सय १७), अनिल शाही (एक सय ३६) तथा पूर्णबहादुर कार्की (८६) मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी सचिव (महिला) मा क्रान्ति न्यौपाने (एक सय २८), सचिव (दलित)मा प्रदीप नेपाली (एक सय ५१) र कोषाध्यक्षमा कृपा भण्डारी (एक सय ३९) मत प्राप्त गरी विजयी भएको निर्वाचन कमिटिले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भएका छन् । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट÷प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन भएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिए ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो