२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव गर्न समय दिएसँगै बहमुतले पारित भएको हो ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले यही जेठ २१ गते प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजको बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)बाट प्रदेशसभा सदस्यत्रय टेकराज पछाईँ, जीतबहादुर मल्ल र विनोदकुमार शाहले नीति तथा कार्यक्रममाथि प्रस्तुत गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

सदस्य पछाईँले जनयुद्ध शब्द, मल्लले कर्णालीको हवाई व्यवस्था र शाहले वित्तीय व्यवस्थाको पहुँचसँग सम्बन्धित विषयमा संशोधन प्रस्ताव राखेका थिए । नीति तथा कार्यक्रम पारित भएसँगै सभामुख गुरुङले प्रदेशसभाको अर्को बैठक असार १ गते दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको