२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

पशुपतिमा एक सुरक्षाकर्मी मृत फेला



काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।

कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए । कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ ।

कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान