२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

पाल्पा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ५ पुग्यो



पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका हुन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल रहेको प्रहरीले जनाएको छ ।

परियार, विक र गौतमको घटनास्थलमा साथै दुई वर्षीय संयोग र पोखरेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ज्यान गुमाउने सीता र संयोग आमा छोरा हुन् । दश जना घाइतेको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पँच जनाको अवस्था चिन्ताजनक रहेको उपचारमा सग्लन चिकित्सकले बताएका छन ।

जसमा चार जनाको भैरहवास्थित मेडिकल कलेज र एक जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । थप पाँच जना घाइतेको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो ।

दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको