६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

संघिय संसद

विपक्षीको अवरोधले स्थगित भएको दुवै सदनको बैठक आज बस्दै


२२ जेष्ठ २०८०, सोमबार  

6
Shares

काठमाडौं । आइतबार प्रतिपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

राष्ट्रपतिले नागरिकता प्रमाणिकरण गरेको बिषयलाई लिएर आइतबार विपक्षी दलहरुले संसदमा अवरोध जनाएका थिए । विपक्षीहरुको अवरोधका कारण स्थगित भएको उक्त बैठक आज बस्न लागेको हो । आइतबार दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए ।

विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर, दलहरूबीच सहमति हुन नसकेपछि आइतबार बैठक बस्न सकेन । आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ । यसैगरी राष्ट्रिय सभा पनि आज १ बजेका लागि बोलाइएको छ ।

विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो