३० मंसिर २०८२, सोमबार । December 16, 2025

संघिय संसद

विपक्षीको अवरोधले स्थगित भएको दुवै सदनको बैठक आज बस्दै



काठमाडौं । आइतबार प्रतिपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

राष्ट्रपतिले नागरिकता प्रमाणिकरण गरेको बिषयलाई लिएर आइतबार विपक्षी दलहरुले संसदमा अवरोध जनाएका थिए । विपक्षीहरुको अवरोधका कारण स्थगित भएको उक्त बैठक आज बस्न लागेको हो । आइतबार दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए ।

विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर, दलहरूबीच सहमति हुन नसकेपछि आइतबार बैठक बस्न सकेन । आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ । यसैगरी राष्ट्रिय सभा पनि आज १ बजेका लागि बोलाइएको छ ।

विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले