२१ मंसिर २०८२, शनिबार । December 6, 2025

विश्व वातावरण दिवसमा प्रभातफेरी



काठमाडौं । विश्व वातावरण दिवस २०८० को अवसरमा शनिबार प्रभावफेरीको आयोजना गरिएको छ ।

‘सफा सहर हाम्रो रहर’ भन्ने मूल नारासहित फोहोर मैला व्यवस्थापन सङ्घ नेपाल, चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिङ्क र सर्वकल्याण वातावरण सेवा प्रालिलगायतका सङ्घरसंस्थाले आयोजना गरेको प्रभातफेरी भृकुटीमण्डबाट सुरु भएर, भद्रकाली, शहीद ढोका, सुन्धारा, रत्नपार्क, जमल, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ । सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो ।

दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । सोही अवसरमा चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिङ्कका अध्यक्ष लक्ष्मण शिवाकोटीले स्वच्छ वातावरणका लागि फोहर गरेर सफा गर्नेभन्दा पनि फोहर नै नगर्नु वा फोहरको सही व्यवस्थापन गर्नु उत्तम उपाय हुने बताएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १० : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको