६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

दरबार हत्याकाण्डः लुकेको त्यो कहालिलाग्दो रहस्य


१९ जेष्ठ २०८०, शुक्रबार  

15
Shares

काठमाडौं । नेपालको इतिहासमा कालो त्रासदिपूर्ण दिनका रुपमा रहेको दारबार हत्यकाण्ड भएको २२ बर्ष पुरा भएको छ ।

२०५८ साल जेठ १९ गते शुक्रबार राति उच्च सुरक्षा घेरामा रहेको राजदरबार भित्रै भयानक हत्याकाण्ड भएको थियो । उक्त गोलिकाण्डमा परि तत्कालिन राजा विरेन्द्र शाहको वंशनाश भएको थियो । तत्कालिन राजा विरेन्द्र सहित रानि ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहित अन्य परिवारका सदस्यहरु मारिएका थिए ।

यसरी राजपरिवारकै वंशविनाश हुनेगरि भएको त्यो कहालिलाग्दो घटना भएको २ दशक भन्दा बढी भइसक्दा पनि घटना भने अझै पनि रहस्यकै गर्भमा छ । हत्याकाण्डपछि तत्कालिन प्रधानन्यायाधिश केशव प्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरिय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालिन युवराज दिपेन्द्रलाई दोषी देखाएको थियो ।

उक्त प्रतिवेदनमा युवराज दिपेन्द्रले परिवारका सवै सदस्यलाई गोली हानि हत्या गरेको र पछि आफुले पनि गोली हानि आत्महत्या गरेको भनि उल्लेख गरिएको छ । तर, युवराज दिपेन्द्र माथि लागेको यो आरोप पत्याउन कुनैपनि नेपाली तयार छैनन् । उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन ।

राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । तर, तत्कालिन राजा ज्ञानेन्द्र पनि आफ्नै दाजुको वंशनाश हुनेगरि भएको उक्त घटनाको सत्य तथ्य छानबिन गर्न लागेनन् । बरु प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काए र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे ।

नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बन्न पुगे । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत यो घटनालाई ग्राण्ड डिजाइनको संज्ञा दिएका थिए । तर, यो घटनाको गा्रण्ड डिजाइनर को हो ? र कि नगरियो भन्ने कुरा रहस्य कहिले खुल्ने हो त्यसको कुनै टुङ्गो छैन् ।

कोइराला मात्रै होइन नेपाली राजनीतिको हरेक मोडमा शासन सत्ता सम्हालेका धेरैले दरबार हत्यकाण्ड षड्यन्त्र भएको र यसको गहिराइमा पुगेर छानबिन गर्नुपर्ने बताउँदै आएका छन् । तर यो बिषय उनिहरुको भाष्णमा मात्रै सिमित भएर हराउने गरेको छ । बर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो तेस्रो प्रधानमन्त्री कालमा इतिहासमा भएको विभत्स हत्याकाण्डको उजागर गर्ने बताउँदै आएका छन् ।

दरबार हत्यकाण्डको त्यो विनाशकारी घटनाको २२ बर्ष पुरा भइसक्दा पनि नेपाली जनताले उक्त घटनाको चित्बुझ्दो कारण नपाउनु दुःखद हो । आजपनि जेठ १९ को त्यो कहालिलाग्दो घटना सम्झिदा हरेक नेपालीको मन झस्कीने गर्छ । हुन त नेपाल जस्तो दण्डहिनता मौलाइरहेको देशमा यस्ता घटनाका दोषीले न्याय नपाउनु कुनै नौलो बिषय भने होइन् । नेपालको इतिहासमा यस्ता धेरै घटना छन् जुन घटनाले दोषीले अवषेश छोडेर जाँदा समेत पिडितले न्याय पाउन सकेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले भनेजस्तै देशमा सुशासन र समृद्धि खोज्ने हो भने यस्ता विभत्स हत्याकाण्डको छानबिन गरि सत्य तथ्य बाहिर ल्याउन जरुरी छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १२ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो