२ चैत्र २०८१, आइतबार । March 16, 2025

रविमाथि अर्को बज्रपात, फेरी पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।

बुधबार अदालतमा मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका उक्त मुद्दाको सुनुवाई मिति समेत तोकिएको छ । लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै युवराज सफलले मुद्दा दायर गरेका हुन् । रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गरिएको छ ।

रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ ।

लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपि लिएको रिट निवेदनमा जिकिर गरिएको छ । सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ५ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको