२ चैत्र २०८१, आइतबार । March 17, 2025

प्रचण्ड नेतृत्वको सरकारले पायो पूर्णता, जसपा बाट विरेन्द्रकुमार बने मन्त्री



काठमाडौं । सरकार गठन भएको झन्डै ६ महिना पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शत प्रतिशत पूर्णता पाएको छ ।

मंगलबार जनता समाजवादी पार्टी (जसपा) का वीरेन्द्रकुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेसंगै प्रचण्ड नेतृत्वको सरकार पूर्णता पाएको हो । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् । मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएर पूर्ण रहेको छ ।

नेपालको संविधानमा नै प्रधानमन्त्री सहित २५ सदस्यीय मन्त्रीपरिषद्को व्यवस्था गरेको छ । सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री रहेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  २ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको