२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

झापामा पोथी हात्ती मृत फेला



झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ ।

सोमबार बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेकोे जानकारी दिए ।

हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् ।

झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको