८ चैत्र २०८२, आइतबार । March 22, 2026

तारकेश्वरमा ‘एक घर, एक धारा’


६ जेष्ठ २०८०, शनिबार  

9
Shares

काठमाडौं । तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ ।

तारकेश्वरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका ट्याङ्की निर्माण गरी नगरवासीलाई खानेपानी उपलब्ध गराउने जानकारी दिए । तारकेश्वरले हाल वडा नं २ काभ्रेस्थलीका चार हजार आठ सय ७५ घरधुरीलाई एक घर, एक धाराअन्तर्गत खानेपानी योजना सुरु गरिसकेको छ ।

तारकेश्वरले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत एक हजार ८३ वटा योजना र ठेक्कामार्फत २६ वटा योजना सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको नगरप्रमुख महर्जनको भनाइ छ । प्रदेशस्तरीय योजनाबाट विष्णुमति करिडोर चाँडो निर्माण गर्न लागेको नगरप्रमुख महर्जनले बताए । सो नगरपालिकाले चालु आवमा २८ वटा कार्यपालिका बैठक बसी नगर विकासको लागि जनताकै हितमा हुने गरी निर्णय गरी प्रभावकारी कार्यान्वयन गरिरहेको छ ।

तारकेश्वरले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागिरु आठ करोड ४६ लाख शिक्षामा बजेट विनियोजन गरेको नगरप्रमुख महर्जनले बताए । नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सिर्जना बुर्लाकोटी अर्यालले नगरपालिकामा बाटो मिचिएको र घरझगडाका मुद्दा बढी आउने गरेको बताए ।

स्थानीय तहमा परेका मुद्दा सकेसम्म स्थानीय तहमा नै टुङ्ग्याउने गरी नगरपालिकाको न्यायिक समितिले काम गरेको उनको भनाइ छ । उनले नगरपालिकामा परेका एक सय १० मुद्दामध्ये ५५ मुद्दालाई फैसला र मेलमिलाप गरेर पठाइएको जानकारी दिए । सो नगरपालिकामा गत आवमा ५० मुद्दा र चालु आवमा ६० मुद्दा दर्ता भएका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले संविधानले स्थानीय तहलाई दिएको अधिकारका क्षेत्रको सही र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए । तारकेश्वरलाई जनमुखी बनाउन नगर प्रमुख र कार्यालय प्रमुखबीच कार्यसम्पादन करार सम्झौता सम्पन्न गरिएको उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत डा. घिमिरेले भ्रष्टाचार, बेरुजु, पेश्कीलगायत विषयवस्तुमा शून्य सहनशीलता अवधारणा लागू गरी पारदर्शी, असल सुशासन कायम र सोको प्रभावकारी कार्यान्वयन गरिएको उल्लेख गरे । नगरपालिकाका सूचना अधिकारी सागर अर्यालले स्थानीय सरकारको पूर्ण अधिकारको सदूपयोग र आवश्यकीय कानुनको तर्जुमालाई प्राथमिकता दिएको उल्लेख गरे ।

२१ हजार छ सय २३ घरधुरी रहेको सो नगरपालिकामा एक लाख ५१ हजार जनसङ्ख्या रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो