२६ चैत्र २०८१, बुधबार । April 9, 2025

राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ ।

बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादाविपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएको र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ । काठमाडौँको मित्रपार्कस्थित टेक्सास इमावि परीक्षा केन्द्रमा मर्यादाविपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको र मित्रपार्ककै कैलाशकुट बहुमुखी क्याम्पस तथा बौद्धस्थित कुमारी आवासीय माविका केन्द्राध्यक्षलाई परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको जनाइएको छ ।

कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । मोबाइलमार्फत प्रश्नपत्र खिचेर बाहिर पठाउने र त्यहीँबाट उत्तर लेखेर पठाउने गरिएको भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेज सिर्जना गरी गलत तथा भ्रमपूर्ण सूचनासमेत प्रवाह भइरहेको बोर्डले जनाएको छ ।

यस्तो भ्रम फैलाउने कार्य नगर्नसमेत सबैलाई बोर्डले उक्त सूचनामार्फत सचेत गराएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हेबेई प्रान्तको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

एजेन्सी । उत्तर चीनको हेबेई प्रान्तको लोङहुआ काउन्टीस्थित एक नर्सिङ

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य पनि केहि बढ्यो

काठमाडौं । नेपालमा बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको

पूर्वी तराईमा आकस्मिक बदली: मेघ गर्जन र चट्याङसँगै पानीको झरी

काठमाडौं । देशभर प्रदूषणको चपेटामा परेको मौसमले पूर्वी तराईमा भने

संगीत रोकिन नपाउँदै मृत्युको शंख : नाइटक्लबको छतले ७९ जीवन थिच्यो

काठमाडौं । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक

११ देखि ३ सम्म दाउन्ने सडक खण्डमा ‘नो इन्ट्री’

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार कार्य तीव्र रूपमा अगाडि बढेसँगै