२५ चैत्र २०८१, मंगलबार । April 8, 2025

आजबाट अनलाईन मार्फत एनओसी लिन सकिने



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले अनलाईन बाटै वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ ।

सोमवार एनओसी कार्यालयमा एक कार्यक्रम गरि विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरिएको हो । सोमबार बाटै लागु हुनेगरि शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था शुरु हुनु प्रशंसनीय भएको बताए । उनले अबबाट विद्यार्थीहरुले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको बताए ।

उनले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेपछि चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको बताए । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सोमबार बाट फेसलेस, पेपरलेस र क्यासलेसको शुरुवात हुनु नेपालीहरुका लागि खुशीको कुरा भएको बताए ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बढ्यो अमेरिकी डलरको भाउ, युरो, पाउन्ड र युआनको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

मौसममा हल्का बदली, स्वास्थ्य सतर्कता आवश्यक

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुले आंशिक प्रभाव

आज चैत्र शुक्ल एकादशी, कामना पूर्तिको प्रतीक ‘कामदा एकादशी’ व्रत

काठमाडौं । आज मंगलबार चैत्र शुक्ल पक्षको एकादशी तिथी परेको

आईपीएलमा बेंगलुरुको धमाकेदार जितः मुम्बई इन्डियन्स १२ रनले पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स

लुम्बिनीमा पिकअप भ्यान दुर्घटनाः दुईको मृत्यु, २२ जना घाइते

रुपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ अन्तर्गत भरवलिया गाउँमा सोमबार