२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम दिइने



काठमाडौं । सरकारले भूकम्पपीडितहरुलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ ।

विसं २०७८ जेठ महिनायतादेखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रु ५० हजार अनुदान उपलब्ध गराइने भएको छ । भूकम्पबाट घरबारविहीन भएपछि अहिलेसम्म अधिकांश पीडितको पालमुनिको बास भएको गुनासो बढेपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले सो निर्णय गरेको हो । विसं २०७८ र २०७९ मा गएका भूकम्पबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा उक्त अनुदानको रकम दिने निर्णय गरिएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जनाएको छ ।

विसं २०७८ जेठमा लमजुङ, २०७८ साउनमा खोटाङ, २०७९ माघमा बाजुरा तथा २०७९ कात्तिकमा डोटी केन्द्रविन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा तथा डोटीका पाँच हजार आठ सय ८० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको