२२ माघ २०८१, मंगलबार । February 4, 2025

पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू



मोरङ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गरे । मन्त्री लिम्बूले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक जात समुदाय बस्ने फूलबारी भएकाले नेपालीबीच मिलेर बस्ने वातावरण बनाउन गम्भीरतापूर्वक सोच्नुपर्ने सबै पक्षसँग आग्रह समेत गरे ।

उनले हिंसाग्रत आन्दोलनले मुलुकको विकास गतिलाई ठप्प पार्ने भन्दै यस सम्बन्धमा पहिचानवादी आन्दोलन पक्षले गम्भीरतापूर्वक सोच्नुपर्नेमा जोड दिए । मन्त्री लिम्बूले पहिचानवादीले उठाएका माग सम्बोधन गरेमा मुलुकलाई शान्तिपूर्ण बाटोमा डो¥याउन सकिने धारणा राखे । उनले मोरङको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम ‘गिरिजा प्रसाद’ नामकरण गरी पूर्वाधार निर्माण चाँडै सम्पन्न गर्न सङ्घीय सरकारको आगामी नीति तथा कार्यक्रममा समेटने बताए ।

उनले खेलकुदका प्रशिक्षकहरु विगत २८ वर्षदेखि एकै पदमा रहेको र सरुवासमेत नभएको अवस्थामा आवश्यक ऐन संशोधन गरी आगामी बजेटपछि व्यवस्थापन गरिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लामिनार टायल्स उत्पादक लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको

पुनः उकालो लाग्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ

माघ २२ गते मंगलबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २२ गते

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको