३ चैत्र २०८१, सोमबार । March 17, 2025

७ दिनभित्र लेखा परिक्षण सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई ७ दिनभित्र आर्थिक वर्ष ०७८/०७९को लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षणको प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण समेत गराएको छ ।

आयोगको वैशाख २७ गते बसेको बैठकले यस्तो निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् । ‘आर्थिक वर्ष २०७८/०८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले सात दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ’ आयोग प्रवक्ता पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पार्टीलाई स्पष्टीकरण सोधेको छ । यी दलहरुले ०७७/०७८ र ०७८/०७९ को लेखा परिक्षण पेस नगरेको आयोगले जनाएको छ ।

यस्तै आयोगले आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेस नगर्ने ९ वटा राजनीतिक दल र सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने १६ राजनीतिक दललाई पनि स्पष्टीकरण सोधेको छ । ती दलहरुलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति