७ आश्विन २०८३, बुधबार । September 23, 2026

पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पक्राउ


२८ बैशाख २०८०, बिहिबार  

3
Shares

एजेन्सी । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पक्राउ परेका छन्।

कुरैशीलाई प्रहरीले बुधबार पक्राउ गरेको बीबीसीले जनाएको छ।पूर्वप्रधानमन्त्री इमरान खानपछि पीटीआईका नेताहरूलाई गिरफ्तार गर्न थालिएको हो। पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ। म यो सन्देश दिन चाहान्छु कि यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ।’

पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता एवम् पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारमा संलग्न भएको मुद्दामा प्रहरीले अदालत परिसरबाट यही वैशाख २६ गते पक्राउ गरेको थियो । यसैबीच इमरान खान पछि सत्तामा आएका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले देशवासीको नाममा सम्बोधन गर्दै हिंसामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुने चेतावनी दिएका छन्। पूर्वविदेशमन्त्री कुरेशीले भने आफू पक्राउ पर्नुअघि भिडियो सन्देश जारी गर्दै इमरान खानको रिहा नभएसम्म आन्दोलन नरोक्न समर्थकहरुलाई आह्वान गरेका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा