२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नेपाली नागरिकता लिने १० भारतीय पक्राउ



काठमाडौं । नेपाली नागरिकता लिने १० भारतीय नागरिक पक्राउ परेका छन् ।

तीन महिना लामो अनुसन्धानपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले नक्कली कागजात पेश गरेर पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नागरिकता लिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायत समेत बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए। उनले अहिले १० जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको र शंकास्पद केहीमाथि अनुसन्धान जारी रहेको बताए ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता र गोपाल गुप्ता, बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने रामसुन्दर गुप्ता, गोंगबु बस्ने रामप्रवेश गुप्ता, कलंकी बस्ने भरत गुप्ता,स्नेहलता गुप्ता, मिनदेवी गुप्ता र राजेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ३ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको