२८ मंसिर २०८२, शनिबार । December 13, 2025

बालकृष्ण खाण, आरजु, दीपेश पुनमाथि पनि छानबिन हुनुपर्छ: महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने संगठित ठगी प्रकरणको छानबिन निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् ।

यो प्रकरणमा जोडिएका सबैमाथि छानबिन गर्नुपर्नेमा त्यसो नगरी भुरा माछामा मात्र केन्द्रित भएको उनको भनाइ छ । आइतबार पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै उनले यसमा जोडिएका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मञ्जु, कांग्रेस नेत्री आरजु राणा देउवा र पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनमाथि छानबिन हुनुपर्ने बताए । ‘यो प्रकरणका पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी, पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा संलग्न देखिएका छन् ।

उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ,’ उनले भने । शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने पक्षमा एमाले रहेको उल्लेख गर्दै यसमा साथ दिन तयार रहेको बताए । पार्टीका नेता टोपबहादुर रायमाझी पनि कानुनी प्रक्रियाबाट बाहिर नरहेको उनले प्रष्ट पारे ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले