२१ मंसिर २०८२, शनिबार । December 6, 2025

आईपीएलः दिल्लीसंग रोयल च्यालेन्जर्स बैंगलोर ७ विकेटले पराजित



एजेन्सी । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको छ ।

शनिबार राति भएको दोस्रो खेलमा दिल्लीले १ सय ८२ रनको विजय लक्ष्य १६ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा डेभिड वार्नर र फिल साल्टले ६० रनको महत्वपूर्ण साझेदारी गरे । वार्नर १४ बलमा २२ रन बनाएर आउट भए । फिलिप साल्टले अर्धशतक पूरा गरे ।

४५ बलमा ८ चौका र ६ छक्काको मद्दतमा उनले ८७ रन बनाए । दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले ५५, कप्तान फाफ डुप्लेसीले ४५ महिपाल लोमरोरले अविजित ५४ रन बनाए ।

बलिङतर्फमा मिचेल मार्शले २ विकेट लिए । शनिबार नै भएको पहिलो खेलमा चेन्नाई सुपरकिंग्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको