३ चैत्र २०८१, सोमबार । March 17, 2025

सरकारबारे निर्णय गर्न डाकिएको रास्वपाको बैठक सुरु



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्ने बिषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु भएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक साँझ ५ बजे बस्‍ने भनिए पनि एक घण्टा ढिला गरी सुरू भएको हो । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

उपचुनाव सकिएलगत्तै सभापति रवि लामिछाने र सांसद डा. स्वर्णिम वाग्लेले संसद प्रवेश गरेपछि रास्वपाले वार कि पारको निर्णय लिन लागेको हो । सभापति लामिछाने र सांसद वाग्लेले यसअघिनै स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्ने छुट नहुने दाबी गरेका थिए ।

वैशाख १० को उपनिर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने निरन्तर कसरत गरिरहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ६ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति