९ कार्तिक २०८३, सोमबार । October 26, 2026

बेलायती राजा चाल्र्सको राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा


२२ बैशाख २०८०, शुक्रबार  

6
Shares

एजेन्सी । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन पुगेका छन् ।

मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो बिमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले आज बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चाल्र्सको स्वागत समारोह र वैशाख २३ गते वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिए ।

मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट गर्ने कार्यक्रमका साथै बेलायतमा रहेका नेपालीसँग अन्तक्र्रिया कार्यक्रमसमेत गर्ने रहेको बताइएको छ । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्किने तालिका रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा