१ चैत्र २०८१, शनिबार । March 16, 2025

आज गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने



कास्की । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् ।

विश्वासको मत लिनको लागि गण्डकी प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो ।

उनले आज संविधानको धारा १६८ ९२० अनुसार विश्वासको मत लिन लागेका हुन् । गण्डकी प्रदेशमा ६० सिट रहेको र बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । सो प्रदेशमा मुख्यमन्त्री पाण्डेलाई समर्थन जनाउने दलको सङ्ख्या ३५ रहेको छ ।

कांग्रेसको २७ , माओवादी केन्द्रको ७ र एकीकृत समाजवादीको एक गरी ३५ सांसद् पाण्डेको पक्षमा रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा