१ चैत्र २०८१, शनिबार । March 16, 2025

वर्तमान सरकार रहिरहे मुलुक टाट पल्टिन्छ: ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहे देश टाट पल्टिने जिकिर गरेका छन् ।

मुलुकको आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले अर्थतन्त्र ओरालो लागेको र अबको डेढ वर्षमा यो क्रम नरोकिए मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले अर्थतन्त्र पूर्णरूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत औंल्याए । ‘मुलुक गम्भीर संकटमा छ। यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ, देश टाट पल्टिदैछ,’ ओलीले भने ।

मंगलबार काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा उनले पैसा नभएकै कारण आयातमा कमी आएको देखिएको पनि ओलीले बताए।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा