२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

भैरहवा भन्सारमा यौनकाण्ड सुटुक्क गुपचुप



रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर न.पा. १, बेलहिया स्थित भैरहवा भन्सार कार्यालयका एक अधिकृतको यौन काण्डको कर्तुत सुटुक्क गुपचुप पारिएको छ ।

घटना गत चैत १६ गतेको हो । भन्सार कार्यालयमै कार्यरत एकजना महिला भन्सार अधिकृतले काम गर्न राखेकी किशोरीमाथि भन्सार अधिकृत लक्ष्मण ढुंगानाले यौन दुव्र्यवहार गरेका थिए । रक्सीले मातेका भन्सार अधिकृत ढुंगानाले महिला भन्सार अधिकृत नभएको मौका छोपेर किशोरीमाथि गिद्दे नगर लगाएका हुन् ।

उनले महिला भन्सार अधिकृतको कोठामा गएर ती किशोरीलाई दुव्र्यवहार गरेका थिए । रक्सीको मातमा लठ्ठ परेका ढुंगानाले किशोरीलाई बलात्कार गर्ने मनसायले कोही नभएको मौकामा कोठामा गएको बताइन्छ । भन्सार अधिकृत ढुंगाना कोठामा पुगेर दुव्र्यवहार गर्न थालेपछि किशोरी चिच्याएकी थिइन् ।

त्यसपछि उनी कोठाबाट निस्किएर आफ्नो निवासमा गएका थिए । केही समयपछि महिला भन्सार अधिकृत आफ्नो निवासमा आएपछि ती किशोरीले ढुंगानाको कर्तुतबारे सबै कुरा बताइन् । विस्तारै ढुंगानाको कर्तुत आगोको भुससरी फैलियो ।

भोलिपल्ट भन्सार प्रमुख मनिराम पौडेलको नेतृत्वमा मिलापत्र भयो । ‘भन्सार प्रमुखले नै दबाब दिएपछि मिलापत्र भएको हो’, भन्सारका एक अधिकृतले भने । ती अधिकृतका अनुसार भन्सार प्रमुख पौडेलको कार्यकक्षमा भन्सारका सिनियर अधिकृत, महिला अधिकृत र ती पीडित किशोरी बसेर मिलापत्र भएको हो ।

‘सबै अधिकृतका अघि पीडक ढुंगानाले पीडित किशोरीको खुट्टा समाएर माफी मागेपछि मिलापत्र भयो, बाहिर केही कुरा नलैजाने भन्ने सहमति पनि भयो’, ती अधिकृतले भने । मिलापत्र गर्न बसेको छलफलमा महिला अधिकृतले ढुंगानालाई हकारेकी थिइन् । भन्सार परिसरमै ढुंगाना र महिला अधिकृत बस्ने निवाससँगै छ ।

पहिलेदेखि ती किशोरीलाई गिद्दे नजर लगाइरहेका भन्सार अधिकृत ढुंगानाले अभिभावक (महिला भन्सार अधिकृत) नभएको मौकामा किशोरीमाथि जाइलागेका हुन् । ‘ढुंगाना पहिलादेखि नै यौन पिपासु हुन्, केटी देख्यो की नेगेटिभ कुरा गर्ने, यिनले कुनै दिन केही न केही काण्ड घटाउँछन् भन्ने थियो, नभन्दै घटाए’, ती भन्सार अधिकृतले भने, ‘पहुँचका आधारमा केही भएन ।’ घटना मिलापत्र भएपछि ढुंगाना काठमाडौं गए ।

काठमाडौं गएर लामो समय बसेपछि उनी केही समय भन्सार विभागमा पनि हाजिर भएको बताइन्छ । विस्तारै भन्सार विभागमा ढुंगानाको कर्तुत पुगेपछि उनलाई त्यहाँ हाजिर गराइएको हो । त्यसपछि भन्सार विभागले ढुंगानालाई वैशाख ८ गते निर्णय गर्दै भैरहवा भन्सारबाट चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय, काठमाडौंमा खटाएको थियो ।

तर, शक्ति र पहुँचका आधारमा चल्ने ढुंगाना त्यहाँ हाजिर नभएको स्रोतले बताएको छ । दुई दिनमै भनसुन गरेर उनले आफ्नो काज रद्ध गरेर भैरहवा भन्सार कार्यालय नै फिर्ता भएका छन् । किशोरीमाथि जाइ लागेका ढुंगाना पहिलादेखि नै विवादित छविका भ्रष्ट अधिकृत मानिन्छन् ।

यसअघि उनले भैरहवा भन्सारमा व्यवसायीसँग मिलेमतो गरी कम मूल्यांकनमा सामान भन्सार पास गराउने गरेको आरोप भन्सारकै कर्मचारीले लगाउने गरेका थिए । उनले आफूलाई अर्थमन्त्री र अर्थसचिवको मान्छे हुँ भन्दै अन्य कर्मचारीलाई धम्की दिने गरेको बताइन्छ । आफ्नाविरुद्ध केही बोलेमा कर्मचारीको सरुवा गर्ने धम्की उनले दिने गरेका छन् ।

शक्तिकै आडमा उनले किशोरीमाथि कर्तुत गर्दासमेत कारबाहीमा परेनन् । बरु उल्टै रोजेकै ठाउँमा पुनः फर्किएका छन् ।ढुंगाना पुनः भन्सारमै फर्किएपछि महिला भन्सार अधिकृत र ती पीडित किशोरी सशंकित भएका छन् ।

भन्सार स्रोतका अनुसार किशोरीमाथि बलात्कार गर्ने मनसायले दुव्र्यवहार गरेपछि ढुंगानाले घटना बाहिर आउने डरमा आर्थिक प्रलोभन पनि देखाएका थिए । तर, महिला अधिकृतले प्रलोभन अस्वीकार गरेकी थिइन । त्यसपछि उनले माथिल्लो तहको शक्तिको आडमा भन्सार प्रमुखलाई प्रभावमा पारेर घटना सामसुम पारेका हुन् । यसबारे बुझ्ना ढुंगानाले आफूले कुनै गल्ती नगरेको दाबी गरे ।

आफूमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको जनाउँदै उनले घटना नै नभएको जिकिर गरे । किशोरीको संरक्षणकर्ता महिला भन्सार अधिकृतले भने घटना घटेको स्वीकारिन । तर, गम्भीर घटना नभएकाले माफी दिएको उनको तर्क छ ।

‘उ (किशोरी) मेरी छोरीसरह हो, मैले छोरी नै बनाएर पालेकी छु, पठनपाठन गराएकी छु’, उनले भनिन्, ‘गम्भीर घटना भएको भए मैले कुनै हालतमा त्यस (ढुंगाना)लाई छाड्ने थिइनँ । समान्य भएकाले केही गरिएन ।’

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको