५ चैत्र २०८२, बिहिबार । March 20, 2026

श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको निःशुल्क सेवा दिनुपर्छः अध्यक्ष लिङदेन


१८ बैशाख २०८०, सोमबार  

3
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन् ।

सोमवार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी संवद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले श्रमिकहरुलाई निःशुल्क रुपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताएका हुन् । उनले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरुको मर्यादा, सुरक्षा र जिविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताए । उनले सबै श्रमिकहरुलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि बताए ।

अध्यक्ष लिङदेनले श्रमिकहरुलाई सूचिकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताए । उनले भने – ‘आजको हाम्रो श्रम क्षेत्र के मर्यादित छ ? के सुरक्षित छ ? के आजको जीवन धान्नसक्ने अवस्था छ ? यसतर्फपनि यस्तो बेला समिक्षा हुनुपर्दछ । मलाई लाग्छ, अहिलेपनि श्रमिकहरुको जीवन पूर्ण रुपले मर्यादित हुन सकेको छैन ।

सुरक्षित त छैन नै । राज्यको निर्माणमा सबभन्दा ठूलो योगदान पुर्‍याउने श्रमिक क्षेत्र राज्यको क्षेत्रबाट सबभन्दा धेरै उपेक्षित छ । सबैको अस्पताल छन् । तर श्रमिकहरुको अस्पताल छैनन् । म यतिबेला ट्रेड युनियनहरुलाई भन्न चाहन्छु, अबको ट्रेड युनियन आन्दोलन भनेको श्रमिकहरुको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।

राप्रपा मजदुरहरको बारेमा सुस्पष्ट छ । हामीले स्पष्टसँग भनेका छौँ कि पूर्ण रुपले सामाजिक सुरक्षासँग श्रमिकहरु जोडिनुपर्दछ । श्रमिकहरुको स्वास्थ्य र उनका बालबालिकाको शिक्षाको सुनिश्चितताको व्यवस्था सरकारले गरिदिनुपर्छ । अहिले नै पनि सबै श्रमिकहरुलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउने र आधारभुत तहको स्वास्थ्य सेवामा मात्रै पनि सुनिश्चितता प्रदान गर्न सकिन्छ । श्रमिकका बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्न सकिन्छ । यो देशभित्र काम गर्ने श्रमिकहरु हरेकलाई परिचयपत्रको व्यवस्था गर्नुपुर्‍यो ।

उनीहरु सूचिकृत हुनु पुर्‍यो । सबभन्दा पहिले यो देशको श्रमिकलाई कामको अवसर दिनुपुर्‍यो । आज हाम्रो धेरै कामहरुमा श्रम इजाजत बिना बाहिरबाट आएका मानिसहरुले ओगटिरहेको अवस्था छ । यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । हाम्रो मजदुरहरु बिस्थापित हुने अवस्था छ । यसतर्फ पनि ट्रेड युनियनहरुको ध्यान पुग्नुपर्दछ ।’

अध्यक्ष लिङदेनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरुले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले देशका श्रमिकहरुलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा