१९ माघ २०८१, शनिबार । February 1, 2025

श्रमिक दिवसले श्रमजीवीलाई एकताको सुत्रमा बाँध्न सहयोग पुगोसः राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

दिवसका अवसरमा शुभकामना दिँदै उनले श्रम अधिकार सुनिश्चितताको कामनासमेत गरेका छन् । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको उल्लेख गर्दै उनले यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको जनाउँदै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रात्मक, समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

उनले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुने बताए । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले