१३ फाल्गुन २०८२, बुधबार । February 25, 2026

रेशमको रिहाइले राजनीतिक बृतमा खैलाबैला

सरकारले अदालतमाथि बलमिच्याइँ गरेको गगन थापाको आरोप



काठमाडौं । टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको रिहाइलाई लिएर राजनीतिक बृतमा खैलाबैला मच्चिएको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नै चौधरीको रिहाइलाई लिएर सरकारको विरोध गरेका छन् । गगनले चौधरीलाई आममाफि दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने बताए । ‘

आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिए ।’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ ।’सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै हतारहतार निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

सरकार चलाउन केही गाह्रो भयो भनेर बलमिच्याँइ गरेर निर्णय गर्न नहुने भन्दै महामन्त्री थापाले भने, ‘अदालतको पूर्णपाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो रु हामीले अदालतलाई हेप्यौं । हामीले बलमिच्याइँ गर्‍यौं । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौं ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा