२ चैत्र २०८१, आइतबार । March 17, 2025

टिकापुर घटना

जेलमुक्त भए रेशम, स्वागत गर्न समर्थकहरुको घुइँचो



काठमाडौं । कैलालीको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भइ डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेलबाट छुटेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त भएका हुन् ।मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो ।

रेशमलाई लिन उनका बुबा र आमा डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि नउपाका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ । २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो । रेशमको रिहाइले यतिबेला राजनीतिक बृत भने तरङ्गित बनेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगाएतका दलले भने हत्या जस्तो जघन्य अपराधमा सजाय भुक्तान गरिरहेका व्यक्तिलाई जेलमुक्त गर्न नहुने भन्दै विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको