६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

कोशी प्रदेश नामाकरण विवाद

वार्ताको माध्यमबाट समाधान खोज्न ५ दलको जोड, एमालेको अडान कायमै


१४ जेष्ठ २०८०, आइतबार  

9
Shares

विराटनगर । पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने मागसहित कोशी प्रदेशमा सुरु भएको पहिचानवादीहरुको आन्दोलन झनै उग्र बन्दै गएको छ ।

आइतबार कोशी प्रदेशको बजेट अधिवेशनका लागि डाकिएको प्रदेशसभा बैठक चलिरहेका बेला दिनभर जासो बाहिर पहिचानवादीहरुले आन्दोलन चर्काइरहेका थिए । निकै बाक्लो सुरक्षा घेरामा प्रदेश सभा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । दिन प्रतिदिन माहोल झनै अराजक बन्दै गएपछि प्रदेशको नामाकरणमा देखिएको विवाद वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने बाहेक अन्य विकल्प नभएको प्रदेशसभामा रहेका ५ दलहरुले जोड दिएका छन् ।

यद्यपी बर्तमान समयमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले भने यस बिषयमा मौन देखिएको छ । आइतबारको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले पहिचानवादीको आन्दोलनलाई मथ्थर पार्नका लागि तत्काल वार्ता टोली बनाउन माग गरेका छन् ।

तर, यस बिषयमा एमाले भने सकभर तर्किन खोजिरहेको छ । पहिचानवादीले प्रदेशसभाको बैठक हुनुभन्दा अगाडि आइतबार बिहानैदेखि प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा १६ आन्दोलनकारी र ३० जना प्रहरी घाइते भएका छन् ।

बाहिर झडप र प्रदर्शन भइरहँदा निकै कडा सुरक्षा घेरामा रहेका प्रदेश सभा सञ्चालन गर्नुपर्ने स्थिती बनेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो