२ चैत्र २०८१, आइतबार । March 17, 2025

कोशी प्रदेश नामाकरण विवाद

वार्ताको माध्यमबाट समाधान खोज्न ५ दलको जोड, एमालेको अडान कायमै



विराटनगर । पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने मागसहित कोशी प्रदेशमा सुरु भएको पहिचानवादीहरुको आन्दोलन झनै उग्र बन्दै गएको छ ।

आइतबार कोशी प्रदेशको बजेट अधिवेशनका लागि डाकिएको प्रदेशसभा बैठक चलिरहेका बेला दिनभर जासो बाहिर पहिचानवादीहरुले आन्दोलन चर्काइरहेका थिए । निकै बाक्लो सुरक्षा घेरामा प्रदेश सभा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । दिन प्रतिदिन माहोल झनै अराजक बन्दै गएपछि प्रदेशको नामाकरणमा देखिएको विवाद वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने बाहेक अन्य विकल्प नभएको प्रदेशसभामा रहेका ५ दलहरुले जोड दिएका छन् ।

यद्यपी बर्तमान समयमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले भने यस बिषयमा मौन देखिएको छ । आइतबारको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले पहिचानवादीको आन्दोलनलाई मथ्थर पार्नका लागि तत्काल वार्ता टोली बनाउन माग गरेका छन् ।

तर, यस बिषयमा एमाले भने सकभर तर्किन खोजिरहेको छ । पहिचानवादीले प्रदेशसभाको बैठक हुनुभन्दा अगाडि आइतबार बिहानैदेखि प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा १६ आन्दोलनकारी र ३० जना प्रहरी घाइते भएका छन् ।

बाहिर झडप र प्रदर्शन भइरहँदा निकै कडा सुरक्षा घेरामा रहेका प्रदेश सभा सञ्चालन गर्नुपर्ने स्थिती बनेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको