१ पुस २०८२, मंगलबार । December 17, 2025

६ बजेका लागि तय भएको संसद बैठक अझै सुरु हुन सकेन



काठमाडौं । शुक्रबार एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अनिश्चित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो अडान कसेपछि बैठक अनिश्चित बनेको हो । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न शुक्रबारका लागि डाकिएको बैठकको सुरुमै एमालेले संसद अवरोध गरेको थियो । जेठ १० गतेको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी भनि पित्तलको जलहरी लगाएर भ्रष्टाचार भएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरुद्ध गरेको थियो ।

सांसद दाहालले तत्कालीन एमाले सरकारको पालामा पशुपतिनाथको मन्दिरमा सुनको भनेर पित्तलको जलहरी राखेर भ्रष्ट्राचार गरेको आरोप लगाएका थिए । सोही विषयलाई लिएर शुक्रवारको बैठकमा एमाले सांसदहरूले दाहालको भनाइप्रति आपत्ति जनाउँदै पशुपतिमा राखिएको जलहरी सुनको हो कि पित्तलको भन्दै सरकारको जवाफ माग गरेका थिए ।

साथै एमाले सांसदहरुले दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाई माफि नमाग्दा सम्म आफ्नो पार्टीले संसद चल्न नदिने बताएका थिए । आफ्नो पार्टी अध्यक्षलाई भ्रष्ट्राचारको आरोप लगाएपछि एमाले सांसदहरूले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक रोकेका थिए ।

त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका संसदीय दलका नेताहरूसँग सभामुखले संवाद थाले पनि बैठक सञ्चालनको विषयमा सहमति जुट्न सकेको छैन् । यसअघि संघिय संसद सचिवालयले ६ बजेका लागि बैठकको समय निर्धारण गरेको भएपनि बैठक सुरु हुन सकिरहेको छैन् ।

एमालेले आफ्ना हठका कारण यति लामो समय सम्म बैठक सुरु हुन नदिएपछि अन्य दलका सांसदहरुले भने आक्रोश व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले