२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नपाउने भए रेशमले उन्मुक्ति, राष्ट्रपतिले फिर्ता पठाए फाइल



काठमाडौं । टिकापुर घटनाका मुख्य दोषी ठहरिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरिको आम माफि सम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफि सम्बन्धी प्रस्तावका फाइल पुनः गृहमन्त्रालयमा फिर्ता गरेको हो । चौधरीलाई आमाफि दिनका लागि कानून नपुगेकाले तत्काल माफि दिन नसकिने भन्दै फाइल फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । २०७२ भदौमा कैलालीको टीकापुर घटनामा अदालतमा दोषी ठहर भइ चौधरीले जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।

चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी सरकारले गरेको थियो । तर, राष्ट्रपति कार्यलयले फाइल फिर्ता पठाएपछि तत्काल रेशमको नछुटने भएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ५ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको