२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सामाजिक सञ्जालमा आक्रोशित रवि, घण्टी बजाउने मात्रै होइन घण्टीले बजाउन पनि मिल्छ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको भन्दै अक्रोश व्यक्त गरेका छन् ।

बिहिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुने भन्दै मुद्दा हाल्नेहरु प्रति आक्रोशित बनेका हुन् । आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरिसकेको उनको स्टाटसमा उल्लेख गरिएको छ ।

‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु’, उनले लेखेका छन्, ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं।

टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ । उनले स्टाटसमा लेखेका छन् । लामिछानेले घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने समेत लेखेका छन् । युवराज पौडेलले सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै दायर गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको थियो।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ११ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको