२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

रुकुम जिप दुर्घटना अपडेट

मृत्यु हुनेको संख्या ५ पुग्यो



रुकुम । रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

बिहिबार बिहान ७ बजे बाँफिकोट गाउँपालिकाको दुलीमा भएको दुर्घटनामा परि सुत्केरी आमा र ५ महिनाको बच्चा सहित ५ जनाको मृत्यु भएको हो । उक्त दुर्घटना बाँफिकोट गाउँपालिका–८ तोरीधारामा भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन्। यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्दार कार्य गरिरहेको छ ।

यद्यपी निरन्तर बर्षा भइरहेकाले उद्दारमा समस्या भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने हालसम्म पनि खुल्न सकेको छैन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १० : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको