५ चैत्र २०८२, बिहिबार । March 20, 2026

सरकारसंगको वार्ता सकारात्मक छ, तर कागजमा कस्तो हुन्छ हेर्नुपर्छः महावीर पुन


१७ बैशाख २०८०, आइतबार  

3
Shares

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ता सकारात्मक भएको छ ।

विगत तीन दिनदेखि आन्दोलनमा रहेका पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानून, न्याय तथा संसीय मामिला मन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सरकारी वार्ता टोलीबीच रक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको हो । वार्तापछि आविष्कार केन्द्रका संस्थापक पुनले वार्ता सकारात्मक भएको र चाँडै निष्कर्षमा पुग्ने विश्वास आफुलाई लागेको पनि पुनले बताए । उनले भने ‘वार्ता सकारात्मक छ, वार्ताप्रति सरकार गम्भीर देखियो, प्रधानमन्त्रीको चासो पनि राम्रो पाए, चाँडै वार्ता टुंगिने आशा बढेको छ, भोलि कागजमा कस्तो हुन्छ हेर्नुपर्छ ।’

दुवै पक्षबीच वार्तालाई थप अघि बढाउने सहमति पनि भएको छ । वार्तामा सरकारको तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री खड्कासहित मुख्य सचिव शंकरदास वैरागीलगायत सहभागी थिए । पुन तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् ।

संघीय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत नवप्रवर्तन, अनुसन्धान र आविष्कारका लागि छुट्याउनुपर्ने र उक्त रकम खर्च गर्न छुट्टै खरिद ऐन बनाउनुपर्ने लगायत पुनको माग छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  २ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा